७ बैशाख २०८१, शुक्रबार

कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क

mahesh and durlab

कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको भक्तपुर-२ मा कांग्रेस र एमाले दुवै आफू विजयी हुनेमा ढुक्क छन् । एमाले उेम्मेदबार महेश बस्नेत ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सजिलै पराजित गरेको भन्दै सोही आधारमा जित निश्चित रहेकाे बताउँछन् । उता, कांग्रेस स्थानीय तह निर्वाचनकाे ताजा जनमतमा आफु र गठबन्धन अघि रहेकाे दाबी गरिरहेकाे छ । 

स्थानीय हत निर्वाचणको मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेभन्दा कांग्रेस दुई हजार पाँच सय ३७ बढी मतले अगाडि छ । 

भक्तपुर-२ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ । मध्यपुर थिमि नगरपालिका कांग्रेसको गढकाे रुपमा चिनिन्छ। यहाँ निरन्तर कांग्रेसले जित निकाल्दै आएको छ । पछिल्लो स्थानीय तह निर्वाचनमा पनि यो कांग्रेसले मेयर जितेको थियो । कांग्रेसले १५ हजार ९८ मत ल्याएर मेयर विजयी भएको थियो । त्यो बेला एमालेले मध्यपुर थिमिको मेयरमा ११ हजार ३५ मात्रै मत पाएको थियो ।

उता, सूर्यविनायकमा भने एमालले मेयर जितेको थियो । एमाले मेयरले १४ हजार सात सय ५८ पाई विजयी भएको थियो भने कांग्रेस मेयरले १३ हजार दुई सय ३२ मत पायो ।

दुवै नगरपालिका अर्थात् भक्तपुर-२ मा कांग्रेस र एमालेले ल्याएको कुल मतको आधारमा कांग्रेस दुई हजार पाँंच सय ३७ मतले अगाडी छ । यद्यपि, एमाले नेता बस्नेत ०७४ सालमा यति मत ल्याएर विजयी भएको भन्दै हिडेका छन् । कांग्रेस उम्मेदबार पनि दुर्लभ थापा भर्खरै भएको स्थानीय तहको निर्वाचण परिणामअनुसार आफू जित्नेमा ढुक्कमा छन् ।

यी दुई नगरपालिकामध्ये मध्यपुर थिमिमा नौ वटा र सूर्यविनायकमा १० वटा गरी कुल १९ वटा वडा छन् । यीमध्ये सबैभन्दा बढी कांग्रेसले ११ वटा वडा, एमालले सात वटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एउटा वडामा वडा अध्यक्ष विजयी भएको थियो ।

यस क्षेत्रमा कांग्रेस, एमाले, नेमकिपासहित राप्रपाका मोहन केसी, जनता समाजवादी पार्टी दिलबहादुर तामाङ, नेपाल विवेकशिल पार्टीका शशीविक्रम कार्की गरी कुल २६ जना उम्मेदबार मैदानमा छन् । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले जनाएअनुसार यहाँको कुल मतदाता ९१ हजार नाै सय ११ छन् । यहाँं एक सय सात मतदान केन्द्र छन् ।