७ बैशाख २०८१, शुक्रबार

अर्बपति उम्मेदवार विनोद चौधरीको पक्षमा खुले प्रदीप

pradip khadka

अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेर भोट मागेका छन्।

आज बर्दघाटमा नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका हुन्। यसअघि राजनीतिमा नखुलेका प्रदीपले आगामी चुनावमा गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा अभिनेता खड्का पुगेका हुन्।

आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए। कोट रकालो चस्मामा सजिएका प्रदीप देउवा र प्रचण्ड भन्दा पछाडिको लहरमा बसेका थिए।

भारतबाट स्वदेश फर्किएलगत्तै प्रदीप चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका प्रदीपले आमसभालाई सम्बोधन गर्दै विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरेका छन् ।