४ बैशाख २०८१, मंगलवार

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

ele

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित बनाउन सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया वीरगञ्जमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेश प्रदशको आयोजनामा अन्र्तक्रिया भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मी गम्भिर हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले पत्रकारले निर्वाचनमा पत्रकार आचार संहिता सँगै निर्वाचन आचार संहिता पालना गरेर अरुलाई पनि निर्वाचन आचारसंहिता पालना गर्नका लागि दवाव दिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति महासचिव श्याम बञ्जाराले पत्रकारले चाहेको उम्मेदवारलाई समाचारमै जिताउनु गलत भएको बताए । विचारशुन्य कोहि नहुने बताउँदै उनले कलम चालउँदा निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराबका पूर्व महासचिव एवं नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारले समाचार लेख्दा जिम्मेवार हुनुपर्ने बताए । राज्यले नियुक्त गरेका कर्मचारीले नै निर्वाचन गराउने हुँदा उनीहरुबाट निर्वाचन विरोधी गतिविधि हुन नदिन सञ्चारकर्मी चनाखो हुनुपर्ने उनको धारणा छ । पत्रकारले पत्रकारिता बाहेक अन्य पेशालाई प्रधान ठानेर काम गर्न नहुने उनको भनाई छ ।

आचारसंहिताको अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै उनले सञ्चारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इन्सेकका पर्सा प्रतिनीधि निर्वाचन जनताले सार्वभौम अधिकार प्रयोग गरेर जनप्रतिनीधि चुन्ने माध्यम भएकोले निष्पक्ष र भय रहित वातावरणमा हुनुपर्नेमा जोड दिए ।

इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले निर्वाचनमा देखिएको कमीकमजोरी लेखेर सहयोग गरिदिन आग्रह गरे । इन्सेकले देशभरमा ७ सय २२ जना निर्वाचन पर्यवेक्षक खटाएको छ ।

पर्सामा उम्मेदवारहरूले दिए चुनावी अभियानलाई तीव्रता

निर्वाचनको मिति नजिकिएसँगै पर्सा जिल्लामा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा मतदातालाई आआफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवारले घरदैलो तथा कोणसभालाई तीव्रता दिएका हुन् । 

पर्सामा चार  प्रतिनिधिसभा सदस्यका लागि ४९ र आठ प्रदेशसभा सदस्यका लागि एक सय गरी कूल एक सय ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ४ मा र सबैभन्दा कम क्षेत्र नम्बर १ मा मतदाता छन् ।  

जिल्ला निर्वाचन कार्यालय पर्साको प्रमुख जिल्ला निर्वाचन अधिकारी रञ्जीता झाका अनुसार क्षेत्र नम्बर १ मा ४४ हजार ९९ पुरुष, ३३ हजार पाँच सय ७८ महिला र दुई अन्य गरी कूल ७७ हजार छ सय ७९ मतदाता छन् । क्षेत्र नम्बर २ मा ४९ हजार ७५ पुरुष, ३७ हजार आठ सय ८७ महिला र चार अन्य मतदाता रहेको उहाँले बताउनुभयो । 

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५१ हजार तीन सय ६६ पुरुष, ३९ हजार ६२ हजार महिला र चार अन्य गरी कूल ९० हजार चार सय ३२ मतदाता रहेका छन् भने क्षेत्र नम्बर ४ मा ५० हजार तीन सय ६४ पुरुष, ४० हजार चार सय ८१ महिला र चार अन्य गरी ९० हजार आठ सय ५१ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी झाको भनाइ छ ।

चार प्रतिनिधिसभा सदस्य तथा ८ प्रदेश सभा सदस्यका लागि कूल एक सय ६७ मतदानस्थल र चार सय १२ वटा मतदान केन्द्र रहेको छ । निर्वचन क्षेत्र नम्बर १ मा सबैभन्दा बढी २० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सबै भन्दा कम क्षेत्र नम्बर ४ मा मात्र नौ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए । 

उनले प्रतिनीधि सभचा तर्फ क्षेत्र नम्बर २ र ३ मा १०/१० जना गरी कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा दलका तर्फबाट २७ र स्वतन्त्र उम्मेदवार २२ जना रहेको बताए । जिल्लामा उम्मेदवारी दर्ता गाएकामध्ये स्वतन्त्र उम्मेदवारको संख्या ५६ प्रतिशत छ भने केही स्थानमा दलका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवारकै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

पर्साको १२ पदका लागि जम्मा तीन महिला उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।  प्रदेशसभा सदस्यका लागि दलका तर्फबाट दुई र  एक स्वतन्त्र महिला उम्मेदवार उम्मेदवार रहेका छन् । 

    सम्बन्धित समाचार...