१४ बैशाख २०८१, शुक्रबार

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने सर्वोच्चको आदेश

toshima karki

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्न निर्देशन दिएको छ ।

गत १६ गते सर्वाच्च अदालतले डा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि आयोगले सर्वोच्चमा भ्याकेट दिएको थियो । उक्त मुद्दामा सर्वोच्चले आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको फैसला सुनाएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम गर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च जानुभएको थियो ।