१३ बैशाख २०८१, बिहीबार

ललितपुर- ३ का उम्मेदवार राजेन्द्र प्रसाद ओझा भन्छन्- जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु

315219528 5808083192584063 8106736904332992246 n

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै देशैभर चुनावी गर्मी बढेको छ। देश निर्वाचनमय भए पनि केही खास निर्वाचन क्षेत्रको चर्चा बढी छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट राप्रपा नेपाल “तीर” चुनाव चिन्हबाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद ओझाले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रूपमा रूपान्तरण गर्ने बताएका छन् । ओझा यति बेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा गइरहेका छन्।

राष्ट्रिय राजनीतिमा ओझा स्थापित अनुहार नभए पनि अमात्य स्थानीय तहमा लोकप्रिय छन्। सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरूको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए ।

पर्यटन व्यवसायीसमेत रहेका ओझाले पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौँ विद्यार्थीलाई असर गरेको छ ।

यस्तै, सबै पक्षको अस्तित्व स्विकार्ने परिपाटीको विकास गर्ने सम्बन्धी कार्य गर्न । मेरो क्षेत्रमा वृद्ध, वृद्धा,बाल, महिलाको हकहित विशेष कार्य योजनाका साथ कार्य गर्न । सनातन धर्म, संस्कृति संस्थाको संवर्द्धन र प्रवर्द्धन गर्दै पर्यावरणीय सुदृढीकरण, पर्यटन प्रवर्द्धनमा कार्य गर्न । सहमतीय राजनीतिको विकास गर्दै विकास निर्माणमा ऐक्यबद्ध भई समाहित हुन जोड रहने प्रतिबद्धता जनाए ।

चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसदमा प्रतिनिधिको रूपमा पठाउनुपर्ने उम्मेदवार ओझाले बताए ।

प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ मा ललितपुर महानगरका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडा पर्छन्। यस क्षेत्रमा ९४ हजार १ सय १६ मतदाता रहेका छन्।

313409484 5805373119521737 694046153006911297 n
d33cd0b3 fcfa 4718 96b0 5e9cc3589d41

    सम्बन्धित समाचार...