५ जेष्ठ २०८१, शनिबार

अमेरिकामा अस्थायी कृषि कामदार पठाउन सक्ने देशमा नेपाल नपरेपनि योग्य हुनसक्छन् नेपाली

General Farm Worker

नोभेम्बर १० देखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । योग्य देशहरुको सुची सहितको सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ ।

अब अस्थायी कृषि कामदार अमेरिका पठाउनका लागि ८६ देश योग्य भएका छन् भने अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८७ देशहरु योग्य भएका छन् ।

फेडरल रजिष्टरमा सुचना प्रकाशित भएको मितिमा पेन्डिङ अवस्थामा रहेका लगायतका आवेदनहरु युएससीआईएसले तजविजका आधारमा समेत स्वीकृत गर्न सक्नेछ । सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भनेको छ – ‘योग्य देशको सुचीमा रहेको देशको नागरिक नरहेतापनि युएससीआईएसले एचटु ए वा एच टु बी आवेदकका पक्षमा विचार गर्न सक्छ । जुन परिस्थितिको समग्रतामा निर्भर गर्दछ। यद्यपि, योग्यताको कुनै पनि अन्तिम निर्धारण प्रत्येक व्यक्तिगत परिस्थितिमा सबै सान्दर्भिक कारकहरू र प्रमाणहरू अनुसार गरिनेछ।’

नेपाल सुचीमा रहेको छैन । तर विभिन्न अवस्थाको मूल्यांकन गरेर युएससीआईएसले नेपाली आवेदकको समेत अस्थायी कृषि तथा गैर कृषि भिसा आवेदन स्वीकार गर्न सक्नेछ ।

फेडरल रजिष्टरमा प्रकाशित सुचना र सम्पूर्ण देशको सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

अमेरिकाको अस्थाई कृषि कामदार भिसावाहकका ६ अधिकार

१, तपाँईले एजेन्टलाई आफनो खल्तिबाट कहिले पनि पैसा तिर्नु पदैन।

२, तपाँईले रोजगारदाताबाट आफु ले बुझिने भाषामा सम्झौतापत्र पाउनु पर्छ। त्यसमा तलब, कामको समय र घण्टा, यातायात र आवास लगायतका सुविधाहरु, खाना वा आफै ले पकाउने सुविधाहरु र महिनावारी तलबबाट काटिने रकमको बारेमा बिस्तृत जानकारी रहेको हुनुपर्छ।

३, तपाइँको तलब प्रति गोटा उत्पादनमा आधारित भएपनि न्यायोचित तलब पाउने तपाँईको अधिकार छ।

४, तपाँईको रोजगारदाताले तपाँईलाई तपाँई बसेको मुलुक वा ठाउँबाट उसको काम गर्ने गन्तब्यसम्म पुग्ने सम्पूर्ण बाटोको खर्च र खानाखर्चको बन्दोबस्त गरिदिनुपर्छ वा पैसा दिनु पर्छ। यात्राको बाटो र खाना खर्च सबै तपाँई आफै ले ब्यहोर्नुभएको थियो भने श्रम सम्झौताको आधा अवधि सिद्धिएपछि रोजगारदाताले तपाँईको लागेको मनासिव खर्च फिर्ता गरिदिनुपर्छ। तपाँईले सम्झौता अनुसारको श्रम अवधि पुरा गरेपछि काम गर्ने ठाउँबाट तपाँई सुरुमा जहाँबाट आएको हो त्यहिँ फर्किनको लागि यातायात र खानपिन तपाँईको रोजगारदाताले बन्दोबस्त गरिदिनुपर्छ अथवा त्यसको खर्चब्योहर्नु पर्छ।

तपाँईको कमाईबाट खर्च घटाउँदा सरकारी न्यूनतम पारिश्रमिकभन्दा कम हुने देखियो भने तपाँईको रोजगारदाताले पहिलो हप्तामै तपाँईलाई लागेको बाटोखर्च र तिरेको भिसा शुल्क बराबरको पैसा फिर्ता गरिदिनुपर्छ। रोजगारदाताले तपाँईलाई दिएको आवासबाट काम गर्ने ठाउँसम्म आउने पुरै खर्च उसैले ब्यहोरनु पर्छ।

५, तपाईलाई एच२ए भिसा अन्तर्गत गरिएको कामको आम्दानीमा सोसल सेक्युरिटी र मेडिकेयरको कर छुट हुन्छ।

६, सामान्यतया तपाँईको रोजगारदाताले श्रम सम्झौतामा पर्ने कामको दिन गनेर कमसेकम त्यसको जम्मा घन्टाको तीन चौथाई घण्टा बराबर तपाँईलाई काम दिनुपर्छ।

खसोखासबाट साभार

    सम्बन्धित समाचार...