१३ बैशाख २०८१, बिहीबार

टकराज गुरुङलाई मतदाता भन्छन्-‘जितेपछि गाउँको विकास गर्न नभुल्नु’

Takraj Gurung

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट लमजुङको प्रदेशसभा ‘क’ का उम्मेदवार डा. टकराज गुरुङलाई विचौरका मतदाताले गाउँको विकास गर्ने युवा नेता चाहिएको बताएका छन् ।

कांग्रेस लमजुङ जिल्ला समितिका सदस्य समेत रहेका डा. गुरुङलाई विचौर निवासी ७९ वर्षीय कालिकाप्रसाद दवाडीले आर्शिवाद दिँदै भने, ‘हामीलाई तिमी जस्तै‌ युवा र विकासवादी नेता चाहिएको छ, तिमीलाई आर्शिवाद छ, जितेपछि गाउँको विकास गर्न नभुल्नु ।’

कालिकाप्रसाद जस्तैँ विचौरका स्थानीयले जितेर गएपछि नेताहरू गाउँ नै नफर्किएकाे गुनासो छ । लोकतान्त्रिक गठबन्धनको टोली यतिखेर चुनावी प्रचारप्रसार र घरदैलोको क्रममा लमजुङका विकट क्षेत्रहरुमा पुगेको छ । शहर केन्द्रित राजनीति र शहर केन्द्रित विकास गरेका नेताहरूले गाउँको समस्या समाधान गर्न नसक्दा उनीहरूलाई गाउँका आवश्यकता पुरा गर्ने नेता चाहिएको बताएका हुन् ।

डा. गुरुङ पर्यटनविद् र कुशल योजनाकार समेत रहेको विचौरवासीलाई थाहा छ । त्यसैले उनीहरूले यसपटक आफूले रोजे जस्तो नेता पाएको बताएका हुन् । डा. टकराज घरदैलोको क्रममा पुगेको ठाउँमा धेरैको एउटै भनाइ थियो गाउँको विकास गर्न नभुल्नु । त्यसको उत्तरमा डा. गुरुङले भनेका छन्, ‘मैले जितेर गएपछि विगतका नेताको जस्तो गल्ती गर्दिन र सरकारमा गाउँको विकासका लागि आफ्ना एजेण्डाहरु प्रस्तुत गर्ने छु ।’

ग्रामिण सडकको निर्माण र स्तरोन्नती गरेर गाउँमा उत्पादन बढाउने र ति उत्पादनलाई शहरमा पु्र्‍याउन सके केहि हदसम्म बेरोजगारी समस्या समाधान गर्न सकिने डा. गुरुङको तर्क छ ।

    सम्बन्धित समाचार...