२ जेष्ठ २०८१, बुधबार

डडेलधुरामा चितुवा मृत फेला

chituwa

डडेलधुरामा चितुवा मृत भेटिएको छ । जिल्लाको  अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको डडेल्धुरा प्रहरीले बताएको छ ।

डडल्धुरा प्रहरीका अनुसार देवल माध्यामिक विद्यालय जजिक बाटोमा चितुवा मरेको भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको बताए ।

    सम्बन्धित समाचार...