१२ बैशाख २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट सातौं व्यक्तीको निधन

coronavirus dead body

नेपालमा कोरोनाभाइरस बाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ को क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएअनुसार निधन भएका ती युवकमा कोरानाको संक्रमण देखिएको हो ।

भारतबाट फर्किएर दैलेख जिल्लाको दुल्लुस्थित विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका उनी आज बिहान एक्कास्सी ढलेका थिए ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो।

यस अघि ६ पुरुष र १ महिलाको मृत्यु भइसकेको छ । नेपालमा संक्रमितको संख्या १४०१ जना पुगेको छ भने २१९ जना संक्रमण मुक्त भएका छन्।

हेर्नुहोस सामाजिक विकास मन्त्रालयले जारी गरेको वक्तव्य

dailekh corona positive case