११ बैशाख २०८१, मंगलवार

त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले ल्याए सडकका २७ योजना

ghanshyam

रुपन्देही १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल घरदैलो र भेटघाटमा व्यस्त छन् । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं. १ को विकासको लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गर्छन् ।

निर्वाचन क्षेत्रको विकासको लागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता पुर्व–पश्चिम र उत्तर दक्षिणलाई जोड्न स्तरीय सडक पुर्वाधार निर्माण गर्ने योजना बनाएका छन् । रुपन्देही क्षेत्र नं. १ मा पुर्वी नवलपरासी सीमादेखि पश्चिम तिलोत्तमा नगरपालिकासम्म र उत्तर पाल्पा सीमादेखि दक्षिण भारतीय सिमासम्म पर्छ ।

क्षेत्रका विभिन्न स्थानलाई जोड्ने र पुर्वदेखि पश्चिम जोड्ने गरी चारवटा स्तरीय सडक र उत्तरदेखि दक्षिण जोड्ने गरी दुईवटा स्तरीय सडक निर्माण गर्ने योजना रहेको छ´ उनी भन्छन्,यस योजनालाई सफल बनाउनको लागि हामी योग्य छौं ।´

भुसालले कुल २७ वटा योजना सडक विस्तारको लागि मात्र बनाएका छन् । यसमा पनि आवश्यकता र प्राथमिकताको आधारमा आगामी दिनमा थप हुँदै जाने भुसाल बताउँछन् । भुसालले रुपन्देही क्षेत्र नं. १ को अमुवा भन्सार–धकधइ–खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नाला सहित सडक स्तरवृद्धिको कार्य सम्पन, मंगलापुर कान्छी बजार–गुम्मी–शंकरपुर–बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, वसन्तपुर–हाटी फर्साटिकर–कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गर्ने, बरेवा भन्सार–कोटहवा–सेमरहवा–जमूहानी ६ नम्वर चोक देवीस्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तर वृद्धि गर्ने, भलुही–बाघ कुमार– विशालनगर–बंगाली–पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गर्ने, गणेश नगर–प्रदीपनगर–शिवपुर– विष्णुपुरा–बरवलिया–पपरहिया–अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्ने, तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिने योजना अघि सारेका छन् ।

यस्तै, देवदह–ओमसितया–रोहिणी–तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गर्ने, शितलनगर–शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गर्ने, शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गर्ने, भलुही–केउली–सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गर्ने, बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गर्ने योजना रहेका छन् ।

त्यसैगरी, ठुटीपिपल–वरकुलाहा–करुवानी–कानपारा हुँदै देवदह-१२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, भलवारी–रामनगर–हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गर्ने, गणेशनगर–शिवपुर–बुधबारे–मक्रहर–वेवरा जाने सडक नालासहित स्तरवृद्धि गर्ने, चौकीडाँडा–बर्मेली टोल–तुकतुकिया–मोहनाजोत–९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गर्ने, ९ नम्वर बजार–वसन्तपुर–सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गर्ने, मिर्र्गौली–पिपलडाँडा–तुकतुकिया–मैनहवा–वेवरा सडक नालासहित स्तरवृद्धि गर्ने, कोटिहवा–पर्सहवा–पिपरहिया–गंगौलिया–बरौलिया सडक नाला सहित स्तरवृद्धि गर्ने, बैकुण्ठपुर–खुरहुरिया–भटपुरवा सडक नालासहित स्तरवृद्धि गर्ने, अमुवा–टिकर–बुधबारे–बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह-१० चरङ्गेको रम्भादेबि हुँदै लडियाबास रिड्ड रोड जोड्न पुल निर्माण गरी सडक स्तरोन्नति गर्ने, देवदह-१० भलुहीको बुद्धपथ देखि वडा कार्यालय जाने वडा पहुँच सडकको स्तरोन्नती गर्ने योजना अगाडि ल्याइएको छ ।

भलुही र चरङ्गेमा अवस्थित मूल सडक तथा भित्रि सडकहरुको नालासहित स्तरोन्नति गरी त्यहाँ रहेका पार्क, मठ मन्दिर सामुदायिक भवनको स्तरोन्नति गरी नदी कटानलाई व्यवस्थित गर्ने, पाल्पा जोड्ने बैकल्पिक मार्गको स्तरोन्नति गर्ने, प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गर्ने योजना ल्याइएको छ ।