१३ बैशाख २०८१, बिहीबार

पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

himani shah
फाइल फोटो

पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना हुनुभएको छ ।

घाँटीमा समस्या देखिएपछि शाह उपचारका लागि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको हो ।

टन्सिल भएपछि त्यसको उपचारका लागि उहाँ बुधबार नै अस्पतालमा भर्ना हुनुभएको हो । पति पारस र परिवारका अन्य सदस्य पनि अस्पतलमा रहेको उहाँको सचिवालयले जनाएको छ ।