७ बैशाख २०८१, शुक्रबार

मिडिया हबको विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

wor

कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । 

विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असुल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ ।