१३ बैशाख २०८१, बिहीबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने- चीनले चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो

Justin Trudeau

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए । 

क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो । सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाइ चीनले समर्थन गरेको अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका थिए ।

अज्ञात गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय प्रसारक ग्लोबल न्युजले रिपोर्ट गरेको छ की बेइजिङले उम्मेद्वारहरूलाई रकम प्रदान गरेको थियो र चिनियाँ अपरेटिभहरूले धेरै उम्मेद्वारहरूको प्रचार सल्लाहकारको रूपमा काम गरेका थिए ।

एउटा मामलामा १ लाख ६० हजार युरो ओन्टारियोमा रहेको प्रान्तीय सांसदको कार्यालयमार्फत सहयोग गरिएको थियो ।