२० बैशाख २०८२, शनिबार

अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँने ओलीको दाबी

kpoli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने बताउनुभएको छ ।

बागलुङको बुर्तिबाङ बजारमा सोमवार भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मंसिर ४ को चुनावमा नेकपा एमालेले बहुमत ल्याउने बताउनुभएको हो ।

स्थिर सरकारले मात्रै विकास र समृद्धिको काम अगाडि बढाउने भन्दै उहाँले एमालेलाई मतदिन आग्रह गर्नुभयो । यो निर्वाचन देशको भविष्यसँग जोडिएको बताउदै उहाँले यहाँका जनताका समस्या एमालेले बुझ्ने दाबी गर्नुभयो । एमाले मात्रै विकास गर्ने पार्टी भएको अध्यक्ष ओलीको भनाइ थियो ।

एमाले एकढिक्क रहेको र कुनै गुट तथा उपगुट नभएकोले चुनावमा बहुमत ल्याउँने उहाँको दाबी थियो ।

एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने पनि ओलीको भनाइ थियो। उनले मंसिर ४ पछि एमालेको सरकार बन्ने र गुमेको भूमि फिर्ता ल्याउने बताउनुभयो ।

अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँने ओलीको भनाइ थियो ।