२४ बैशाख २०८१, सोमबार

सेल रोटी बेचेरै घर जग्गा

sel roti

तिहारमा फूलको माला अनिवार्य नै छ । सेलरोटी पनि अनिवार्य जस्तै मानिन्छ । विगतमा मालाका लागि फूल आफ्नै घरमा लगाउने गरिन्थ्यो भने सेल पनि घरमै पकाउने चलन थियो । तर अहिले परिस्थिति फेरिएको छ । माला मात्र होइन, सेल रोटी पनि बजारमै किन्ने चलन बढेको छ ।

sel

काठमाडौंको अनामनगरमा १० वर्षदेखि सेलरोटीको व्यापार गर्दै आएका नवराज र शारदा ढकाल दम्पत्तीलाई अहिले भ्याइ-नभ्याइ छ ।

१७ वर्षसम्म अर्कैको व्यवसायमा रोजगारी गरेका नवराजले २०६८ सालदेखि सेलरोटीको व्यापार सुरु गरेका हुन् । उनको पसलमा टाढा टाढादेखि उपभोक्ता आउने गर्छन् ।

यस्तै, रौतहटका मनोजकुमार महतो तिहारको समयमा पानको व्यापार गर्न काठमाडौं आउाछन् । तिहारका बेला सडकमा राखिएका स्टलदेखि पसलसम्म पान किन्नेको घुइाचो नै लाग्छ ।

Capture 8

भाइटीकाको लागि मखमली र सयपत्री फूल र माला खरिद गर्नेहरुको पनि बजामार बाक्लै उपस्थिति छ । तर यसपटक मालाको मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

    सम्बन्धित समाचार...