८ बैशाख २०८१, शनिबार

‘जय हो’ निर्माण हुने, मुख्य भूमिकामा सलोन

312598049 638875121074187 6098744181198180586 n

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ ।

आगामी माघबाट छायाङ्कनको तयारीमा रहेको फिल्म तिहारको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहने छन् । निर्माण टिमका अनुसार फिल्ममा सलोन बस्नेत फाइनल भएका छन्, भने अर्को एक अभिनेता र अभिनेत्री पनि रहने छन् ।

निर्माण टिमका अनुसार फिल्ममा नाम चलेका कलाकार नै साइन गर्ने तयारी भइरहेको छ । हालसम्म फिल्मको निर्देशक पनि फाइनल गरिएको छैन । सुरेश न्यौपानेले कथा लेखिरहेको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ ।

फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन्। उनीहरू अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने फिल्मको एक गीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहनेछ। अन्य गीतमा सङ्गीतकार फाइनल हुन बाकी रहेको छ।

काठमाडौँ, पोखरा र मुस्ताङमा छायाङ्कन गरिनेछ । नेपालको छायाङ्कन सकिएपछि फिल्मको केही प्रतिशत छायाङ्कन अष्ट्रेलियामा पनि गरिनेछ ।

    सम्बन्धित समाचार...