७ बैशाख २०८१, शुक्रबार

पार्की दाजुभाईले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता रचे इतिहास

Shibaraj Parki Gopichandra Parki

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गोपीराज पार्की र शिवराज पार्की दाजुभाईका लागि ऐतिहासिक रह्यो । एथ्लेटिक्सअन्तर्गत गोपीचन्द्र पार्कीले आफ्नो कीर्तिमान सुधार गर्दै पाँच हजार मिटरमा स्वर्ण जिते । दुई सय मिटरको स्वर्ण गोपीका भाई शिवराजले हात पारे । खेलकुदमा यस्तो अवसर विरलै आउँछ ।

३३ वर्षीय एथलिट शिवराज पार्की विहानैदेखि उत्साहित थिए । २ सय मिटर दौडको तयारी गरिरहेका उनलाई आफ्नो भन्दा दाजु गोपीचन्द्रको चिन्ता बढी थियो । गोपीले १० हजार मिटरको स्वर्ण गुमाएकाले पनि भाइ शिवराजलाई बढी पीर लागेको थियो । तर गोपीले पाँच हजार मिटरमा स्टेपल चेज च्याम्पियन दुर्गाबहादुर बुढालाई हराउादै स्वर्ण जिते । यसले दुई सय मिटरमा प्रतिस्पर्धा गर्न लागेका शिवराजलाई थप उर्जा मिल्यो र डाइभ हान्दै सवैभन्दा पहिले फिनिसिङ लाइन पार गरे ।

१३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता गोपीले व्यक्तिगत कीर्तिमान सुधार गर्दै निर्धारित दुरी, १४ मिनेट २९ दशमलब ६७ सेकेण्डमा पुरा गरे । शिवले आठौं र सातौंमा एक सय र दुईसय मिटरका च्याम्पियन आशिष चौधरीलाई पछि पारे । यो विधामा गोपीको राष्ट्रिय प्रतियोगितामा ह्याटि्रक स्वर्ण हो ।

एक सय मिटर, दुई सय मिटर र चार गुणा एक सय मिटर रिलेमा शिवराजले स्वर्ण जित्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाए । गोपीका लागि भने यो प्रतियोगिता एक स्वर्णमा मात्र सीमित बन्यो ।

    सम्बन्धित समाचार...