१६ चैत्र २०८०, शुक्रबार

कुनै असर नपर्ने दावी: ९ जना बागीमाथि कारबाही, उम्मेदवारले गरे कारबाही बेवास्ता

kailali

कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ९ जना बागी उम्मेदवार कारवाहीमा परेका छन् ।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका ७ र माओवादी केन्द्रका २ सहित ९ जना कारवाहीमा परेका हुन् । तर बागी उम्मेदवार भने कारवाहीले कुनै असर नपर्ने दावी गरिरहेका छन् ।

नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीमा बागी उम्मेदवार दिएका सबैलाई कारवाही गरे । कैलालीमा निर्वाचन क्षेत्र नङ्गबर २ (ख) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारवाही गर्‍यो ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरेको छ । निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई पनि कारवाही गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट उम्मेदवारी दिएका प्रेम शाह र भगवती पाठकलाई पनि कारवाही गरिएको छ । शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बमविरुद्ध उम्मेदवारी दिनुभएको हो । निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारवाही भएको छ ।

तर कारवाहीमा परेका भण्डारी आफुलाई यस क्षेत्रका मतदाताले उम्मेदवार बनाएका कारण कारवाहीले कुनै फरक नपर्ने बताउँनुहुन्छ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले पनि गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनालाई कारबाही गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका माओवादीका भोजराज सापकोटा र निर्वाचन क्षेत्र ५ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।