२१ बैशाख २०८१, शुक्रबार

डेन्जर जोनमा १५औं पटकसम्म मन्त्री बनेका भण्डारी, कस्तो छ अहिले उन्को अवस्था ?

sarad singh bhandari
फाइल फोटो

मधेस प्रदेशका चर्चित नेता सरद सिंह भण्डारी अहिले महोत्तरी क्षेत्र नम्बर २ मा  लोसपाबाट चुनावी मैदानमा छन् । २०७४ को निर्वाचनमा समेत यहीँ क्षेत्रवाट भारी मतले विजयी भएका भण्डारी अहिले पनि यहीँ क्षेत्रलाई सुरक्षित महसुस गरेका छन् ।

सत्तागठबन्धन दल जसपा ५ दलबाट बाहिरिएपछि लोसपाको प्रवेश भएसँगै भागबन्डाअनुसार नै भण्डारी साझा उम्मेदवार पनि हुन् । त्यसैले पनि निर्वाचनमा आफ्नो कोही पनि प्रतिस्पर्धी नभएको उनकाे दाबी छ ।

२०२८ सालदेखी सक्रिय राजनीति गर्दै आएका लोसपाका वरिष्ठ नेता भण्डारी राष्ट्रिय पन्चायत निर्वाचन, २०३८ सालमा उनी पहिलोपटक विजयी भएका थिए । २०३८ सालदेखि हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका भण्डारी २०७४ सालसम्म आइपुग्दा ३ पटक पराजित भए भने ५ पटक विजयी बने ।

राष्ट्रिय पन्चायत निर्वाचन २०३८ र २०४३ वाहेक उनी हरेक पटक फरक पार्टी परिवर्तन गरेर निर्वाचन लडेको देखिन्छ । अवसरवादी नेताकोरूपमा पहिचान बनाएका भण्डारीले २०५१ सालको आम निर्वाचनमा स्वतन्त्र भएरसमेत विजयी भएका थिए ।

आफू सत्तामा पुग्न जुनसुकै पार्टीलाई प्रयोग गर्न पछि नपर्ने नेता भण्डारीले अहिलेसम्म ६ वटा दललाई प्रयोग गरेर सत्ताको स्वाद लिइसकेका छन् । यो निर्वाचन क्षेत्रमा भण्डारीको नवौं उम्मेदवार हो । २०३८ देखि २०७४ सम्म्म आइपुग्दा दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी मन्त्री हुने नेताको रुपमा उनी दर्ज भएका छन् ।

उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरि १५औं पटकसम्म सरकारमा सामेल भएका छन् ।

२०७४ मा  तत्कालीन राजपावाट निकटतम प्रतिद्वन्द्वीलाई झण्डै दोब्बर मत अर्थात् ३० हजार ७ सय २२ मत ल्याएर उनी विजयी भएका थिए ।

अहिले उन्को अवस्था कस्तो छ ?

गठबन्धनबाट साझा उम्मेदवार भएता पनि सरदसिंह भण्डारीका प्रतिद्वन्द्व ीअघिल्लो निर्वाचनभन्दा बढी छन् ।

सत्ता गठबन्धन इतरमा पनि जसपा र एमालेको गठबन्धन छ । उनका प्रतिस्पर्धी नेकपा एमालेवाट डा. राम परीक्षण यादव बलियो प्रतिस्पर्धीकोरुपमा देखिएका छन् ।

त्यसो त मत काटनकै लागि जनमतबाट उमेश यादव वकिल, तमलोपावाट डा. विजय सिंह पनि चुनौती बनेका छन् ।

स्थानीय तहमा प्राप्त नतिजालाई जोडघटाउ गर्ने हो भने पनि नेता भण्डारीलाई पहिलेजस्तो सहज छैन । यो क्षेत्रमा ४ पालिका पर्दछन् । महोत्तरी गाउँपालिकाको वडा नम्बर ६ र पिपराको वडा नम्बर ६ बाहेक सवै वडा यसै क्षेत्रमा पर्दछन् ।

लोसपाले स्थानीय तहको निर्वाचनमा बल्वा नगरपालिकामा पालिकाप्रमुख, वडा नम्बर ६, ८, ९ मा मात्र जित हासिल गरेको थियो । बल्वामा निकटतम प्रतिद्वन्द्वी जसपा छ । यता महोत्तरीमा पालिका अध्यक्षमा तमलोपाले जितेको थियो तर वडामा भने लोसपाले वडा नम्बर १ र वडा नम्बर ६ मा मात्र जित्दा बहुमत भने तमलोपाको नै छ । वडा नम्बर ६ पनि यो क्षेत्रमा नपर्ने भएकाले नेता भण्डारीको मत उनकाे नियन्त्रणबाट निक्कै टाढा छ । महोत्तरी गाउँपालिकामा त अझ विशेषगरी दोश्रो पाटी नेकपा एमाले नै देखिएको हुनाले जसपा र एमालेका साझा उम्मेदवार डा. राम परिक्षण यादवलाई थप सहयोग पुग्ने देखिन्छ ।

तमलोपावाट डा. बिजय सिंह समेत प्रतिस्पर्धी भएको हुनाले थप चुनौती थपिएको छ । बाँकि पालिकामा पनि लोसपाको स्पष्ट बहुमत भने छैन ।

लोहारपट्टीमा भने काङ्ग्रेसले जितेको थियो ।  वडा न.१, २, ३, ४, ६ मा काङ्ग्रेसले जित्दा लोसपाले भने वडा न.५ र ९ मात्र जितेको थियो ।

सत्तागठबन्धन्का साझा उम्मेदवार भएको हुनाले यो पालिकामा नेता भण्डारीलाई फाइदा नै पुग्ने देखिन्छ । तर काङ्ग्रेसभित्रै किरण यादवले टिकट नपाएपछि एउटा समुहमा असन्तुष्टि चुलिदै गएको छ । यसकाे प्रत्यक्ष असर भण्डारीलाइ पर्ने देखिएको छ । यदि किरण यादवलाई मिलाएर काङ्ग्रेसले गठबन्धनलाइ सहयोग गरे नेता भण्डारीले फाइदा लिन सक्ने पालिका नै यही हो  ।

पिपरामा भने एउटै वडा वडा न.६ यो क्षेत्रमा पर्दछ, यो वडा भने लोसपाले नै जितेको छ । तर  पालिका अध्यक्ष सहित धेरै वडा जसपाले जितेको हुनाले  सत्तागठबन्धन इतर गठवन्धनलाई फाइदा पुग्ने जानकारहरु बताउँछन ।

सबै मतदाताको संख्यालाइ जोडघटाउ गर्ने हो भने सरद सिंह भण्डारी नै बलियो उम्मेदवार हुन् । यदि गठबन्धनभित्र असन्तुलन कायम रहे र सागंठनिक संरचनालाई मात्र आकलन गरे भण्डारी पनि खतराको जोनमा रहेको विपक्षी दलहरको आँकलन छ ।

तर त्यसो त नेकपा एसवाट मन्जु यादव र ज्युन राइन गठबन्धनभित्रैवाट उम्मेदवार छन् । गठबन्धनको  स्पष्ट निर्णय नआइरहेको अवस्थामा चुनावी प्रचारप्रसारमा समेत असर परेको छ । गठबन्धनका विरुद्ध उम्मेदवार दिएका कतै लोसपा र कतै एसले आधिकारिक भएको आफ-आफ्नै दाबी गरिरहेका छन् ।

त्यसैगरी भण्डारीलाइ वागी उम्मेदवार वनेकाहरुले पनि चुनौती थपिएको  ।  साविकका लोसपाका नेताहरु बागी भएर उठदा नेता भण्डारीलाइ थप चुनौती थपिएको हो ।

राजपा र लोसपाको विभिन्न कमिटीमा बसेर काम गरिसकेका डा. विजय सिंह पनि चुनावी मैदानमा छन । लोसपाभित्र भण्डारीलाइ लिएर कतिपय कार्यकर्तामा असन्तुष्टि देखिएको छ । कतै असन्तुष्टि स्खलित हुदा नेता सिंहलाई पो फाइदा हुने हो कि भन्ने अडकलवाजी पनि त्यतिकै छन ।

अघिल्लो निर्वाचनमा भण्डारीसँगै प्रदेससभामा निर्वाचित भएकी सुरिता साह अहिले बागी उम्मेदवार बनेकी छन् । प्रदेशसभामा वागी वनेकी सुरिता साह सहित जानकी शरण साह र सत्ता गठबन्धनमा आवद्ध नेकपा एसकी निवर्तमान संसद मन्जु यादव थप चुनौती वनेका छन् ।