१२ बैशाख २०८१, बुधबार

एकमुस्ट खेल समाचार- बुधबार भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता

1651896134 9th National game maskat Logo

पुरुष बास्केटबलमा गण्डकी र एपीएफ फाइलनमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटलब फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा गण्डकीले आर्मीलाई ७०–६६ स्कोरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा आर्मीले १६–१९ स्कोरले अग्रता लिएको थियो । दोस्रो हाफमा गण्डकीले ३९–३२ स्कोरका साथ अग्रता लिँदै तेस्रो र चौथोमा क्रमशः ५३–५० र ७०– ६६ अंकले जित हासिल गरेको छ ।

आजै भएको पहिलो खेलमा एपीएफ फाइनलमा प्रवेश गरेको छ । एपीएफले बागमती प्रदेशलाई ९२–६५ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । बुधबारै सम्पन्न थ्री अन थ्रीतर्फ एपीएफले बागमतीलाई २१–१६ स्किोरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा घरेलु टोली गण्डकीले आर्मीलाई २०–१७ स्कोरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

फाइनल खेल गण्डकी र एपीएफ बीच बिहीबार हुँदै छ ।

महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लाम्गाडेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन् । एपीएफकी सीमाकुमारी थारुले ४५.२० सकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् ।

पुरुष ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन् ।

उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कांस्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे ।

थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई कांस्य

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कांस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो ।

मंगलबार भएको सेमिफाइनल खेलमा आर्मीसँग पराजित भएको थियो भने बागमती प्रदेश एपीएफसँग पराजित भएको थियो । आजै भएको फुल कोर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले कांस्य पदक हात पारेको थियो ।

८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आर्मीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जितिन् ।

पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते ।

पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कांस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ ।

प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो । प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझाउनु पर्‍यो ।

नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले काँस्य पदक प्राप्त गरे ।

यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

महिला बास्केटबलको कांस्य पदक गण्डकीलाई

तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कांस्य पदक हात पारेको छ ।

बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा कांस्य पदक हात पारेको हो ।

प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो ।

यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो ।

गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो ।

प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।

हडल्स पुरुषमा आर्मीलाई स्वर्ण

४ सय १० मिटर हडल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन् ।

थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । 
एपीएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कांस्य पदक जितेका छन् ।

तेक्वान्दोमा नेपाल पुलिस क्लब विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तृतीय तथा तीन स्वर्ण, दुई रजत र ९ कांस्य पदक जितेको सशस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

मधेस प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कांस्य, प्रदेश १ ले ८ वटा कांस्य, बागमतीले १ रजत र ३ कांस्य, गण्डकीले ७ कांस्य, लुम्बिनीले २ रजत र ४ कांस्य, कर्णालीले ३ कांस्य, सुदूरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।

विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बनेपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । निरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसापत्र प्रदान गरिएको थियो ।

मंगलबार भएको महिला ४९ केजी समूहमा सशस्त्रकी गीता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेसका मनीषा वाइबा र लुम्बिनीका रतिका शाहीले कांस्य पदक जिते । महिला ६२ केजीमा पुलिसका सुस्मिता मोक्तानले स्वर्ण र सेनाका रेश्मा थापाले रजत पदक हात पर्दा कर्णालीका वेविका बस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कांस्य पदक जिते ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेसका विक्रान्त ढुंगेल र सशस्त्रका रञ्जित साउदले कांस्य पदक जितेका छन् । पुरुष ६८ केजी तौल समूहमा सेनाका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बिनीका नवीन चौधरी र सशस्त्रका मोहम्मद रितिकले कांस्य पदक जिते । पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवि अधिकारीले स्वर्ण, मधेसका अमितकुमार सिंहले रजत, सशस्त्रका नीरज देउवा र कर्णालीका सोहन राउतले कांस्य पदक जितेका छन् ।

सोमबार भएको खेलमा महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा सशस्त्र प्रहरीका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सशस्त्रका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् ।

 महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, सशस्त्रका वर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कांस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र सशस्त्रकी सोरन गुरुङले कांस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र सशस्त्रकी रेजिना पार्कीले कांस्य पदक जितेका छन् ।

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेसका विकास तामाङले कांस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा सेनाका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेसका प्रवली बस्नेतले कांस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, सशस्त्रका जनकबहादुर जोशी र मधेसका पवनकुमार श्रेष्ठले कांस्य पदक जितेका छन् । 

५७ केजी तौल समूह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बिनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र प्रदेश १ का समीक्षा लिम्बुले कांस्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ सशस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कांस्य पदक जिते ।

५४ केजी पुरुषतर्फ मधेसका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कांस्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कांस्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजत पदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कांस्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कांस्य पदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, सशस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनीषा विश्वकर्मा, शान्ति राई र सुशीला राईले कांस्य पदक हात पारे ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, सशस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कांस्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेस प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कांस्य पदक जितेका छन् ।

    सम्बन्धित समाचार...