
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । नेपाल र चीनबीचको सीमामा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको हो । भूकम्पको धक्का रामेछाप, धादिङ, गोरखा, चितवन, काभ्रेपलाञ्चोकमा पनि महसुस गरिएको छ ।
भूकम्पको क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।