१३ बैशाख २०८१, बिहीबार

पुनः सी नै चीनको राष्ट्रपतिमा चयन हुने निश्चित

china Xi Jinping

चीनको राष्ट्रपतिमा पुनः सी जिनफिङ नै निर्वाचित हुनुहुने भएको छ ।

चीनको राजधानी बेइजिङमा जारी महत्त्वपूर्ण बैठकले सीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ । बीबीसीकाअनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति सीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ ।

पछिल्लो १० वर्षमा चीनमा सीका निर्णय र आदेशमाथि कसैले पनि प्रश्न गर्न सकेको छैन भने उहाँको शक्तिलाई पनि कसैले चुनौती दिन सकेको छैन ।

सी पुनः सत्तामा आए चीनको इतिहासमा सबैभन्दा धेरै प्रभावशाली नेताको रुपमा पनि स्थापित हुने आँकलन गरिएको छ ।