७ बैशाख २०८१, शुक्रबार

येस्कको एक आवासीय भवनमा खस्यो रुसी लडाकु विमान, २ जनाको निधन

russian jet crash

एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुघंटनामा कम्तीमा दुई जनाको निधन भएको थियो । 

सैन्य समाचार च्यानल जेभेजडाले  प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ । 

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए । 

समाचार एजेन्सीहरूले आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलटहरु बाहिर निस्किएको बताएका छन् ।