१३ बैशाख २०८१, बिहीबार

इटालीयन सिरी ए: नापोलीको लय कायम

napoli

इटालीयन सिरी ए अन्तर्गत आइतबार राति बोलोग्नामाथि ३-२ को जित निकाल्दै नापोलीले उच्च लय कायम राखेको छ । बोलोग्नामाथिको जितसँगै नापोलीले शीर्षस्थानमा दुई अंकको अग्रता कायम राखेको छ । 

प्रतिस्पर्धात्मक बनेको खेलमा नापोलीलाई घरेलु मैदानमा जित दिलाउन जुआन जेसुस, हिर्भिन्क लोजानो र भिक्टर ओसिमहेनले एक-एक गोल गरे । बोलोग्नाको लागि जोसुआ र लुकासले गोल गरेपनि त्यो पर्याप्त थिएन  

जितसँगै नापोली १० खेलबाट २६ अंक सहित तालिकाको शीर्षस्थानमा छ । बोलोग्ना समान खेलबाट सात अंक सहित १७औं स्थानमा छ । 

राति नै भएको अर्काे खेलमा एसि मिलानले हेलास भेरोनालाई २ १ ले पराजित गरेकाे छ ।

    सम्बन्धित समाचार...