७ बैशाख २०८१, शुक्रबार

बसबाट ओर्लिएका दुई युवक लागूऔषधसहित पक्राउ

thumb 1

लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान साढे ६ बजेतिर बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ ।

डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ ।

पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ ।

सप्तरीबाट अवैध सामान बरामद

सप्तरी प्रहरीले ५८ हजारभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ७ बाट प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५८ हजारभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय सखडाबाट खटिएका गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ भित्राउँदै गरेका ५८ हजारभन्दा बढीको सामान पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

प्रवक्ता सिंहले भने, ‘इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले साँझ ८ बजे भारतबाट नेपालतर्फ चोरी निकासीका अबैध सामान बरामद गरिएको हो ।’

किराना सामान, कपडा लगायतका गरी ५८ हजार २ सय ३६ रुपैयाको अबैध सामान नियन्त्रणमा लिएको तथा संलग्न व्यक्ति भने सामान छाडेर भागेको प्रवक्ता सिंहले बताए ।

    सम्बन्धित समाचार...