११ बैशाख २०८१, मंगलवार

तेस्रो विश्वयुद्धको चेतावनीसहित रुसले तैनाथ ग-यो आणविक बम बर्सक

Vladimir Putin

रुसले तेस्रो विश्व युद्धको चेतावनी दिएलगत्तै नेटोको सिमाना नजिकै ११ वटा आणविक बम बर्सक तैनाथ गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सीमादेखि २० माइलको दूरीमा ११ आणविक बम बर्र्सकलाई तैनाथ गर्न आदेश दिनुभएको हो । अमेरिकी स्याटेलाइटका अनुसार नर्वेको सीमा नजिकै रुसले टीयु–१ सय ६० र टीयु–९५ आणविक बम बर्षक तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

युक्रेनसँग जारी युद्ध जित्ने उद्देश्यका साथ रुसी राष्ट्रपति पुटिनले दुई दिन अघि तेस्रो विश्व युद्धको चेतावनी दिनुभएको थियो ।

झन्डै ८ महिनादेखि युक्रेनसँग जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित बनेको छ भने रुसमाथि विश्व सुमदायले विभिन्न प्रतिबन्ध लगाएका छन् ।