२ जेष्ठ २०८१, बुधबार

पानीको धारादेखि सुर्यमुखी फूलसम्म स्वतन्त्रको चुनाव चिन्ह

06b6ed06ccc44194962b948f5fbd99d11665656486

प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले थरिथरिका चुनाव चिन्ह पाएका छन् ।

आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशसभा (क) बाट गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै पोखेरलसहित तीन जनाले गठबन्धनकै उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सर्वधन राई र प्रदेशसभा (क)मै स्वतन्त्र उम्मेदवारी दिएका सुवासकुमार पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वीरवलकाजी राई उठेका छन् । धर्मराजको उम्मेदवारीको सिधा असर उनै वीरवलकाजीलाई परेको छ ।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएकामा धर्मराज पाँच वर्षका लागि कांग्रेसबाट निष्काशनमा परिसकेका छन् । तर, उनले चुनाव चिन्ह पानीको धारा लिएर चुनावी अभियान थालिसकेका छन् । सिट बाँडफाँटमा असन्तुष्ट कांग्रेस धर्मराजलाई नै भोट मागिरहेका छन् । 

यस्तै, प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जयन्द्रकुमार राईले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् । प्रदेशसभा (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमारप्रसाद भट्टराईले चुनाव चिन्ह जेब्रा पाएका छन् । ६३ वर्षका भट्टराई प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् ।