१३ बैशाख २०८१, बिहीबार

अपडेट: ‘अध्यक्ष ओलीसँग माफी नमागेकै कारण मलाई टिकट दिइएन, अछामका जनताकाे अपमान भयाे’

bhim rawal 1 1

कपा एमालेका नेता डा भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले माफी नमागेकै कारण टिकट नदिइएको आरोप लगाउनुभएकाे छ।

बिहीवार राजधानीकाे एक व्याङ्केटमा पत्रकार सम्मेलन गर्दै उहाँले ओलीसँग माफी नमागेकै कारण टिकट नदिइएकाे बताउनुभएहाे हाे ।

ओलीसँग माफी मागेपछि टिकट पाइन्छ भन्नु हास्यास्पद भएकाे उहाँकाे भनाइ थियाे ।

‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्।

मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’ नेता रावलले भन्नुभयाे ।

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर आफूलाई टिकट नदिएर अछामका जनताका अपमान गरेको उहाँकाे टिप्पणी थियाे ।