२४ बैशाख २०८१, सोमबार

पचास हजार कित्ता सेयर सांग्रिला डेभलपमेन्ट बैंकले विक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

sangrila devlopment bank

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन । अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ । 

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् । 

    सम्बन्धित समाचार...