१२ बैशाख २०८१, बुधबार

अझै फैलिएला कि मत्थर होला त डेंगु संक्रमण ?

Dengue 1

७६ जिल्लामा फैलिएको डेंगुबाट ३३ हजारभन्दा बढी संक्रमित भइसकेका छन । ४५ जनाको संक्रमणबाट निधन भएको छ । डेंगु संक्रमण अझै फैलिएला कि मत्थर होला त ?

नेपालमा डेंगु संक्रमण उत्कर्षमा पुगेको हप्ता २९ सयको हाराहारी संक्रमित भए । त्यसपछि संक्रमण बिस्तारै ओरालो लाग्दै आएको छ । पछिल्लो तीन हप्ता संक्रमणदर देशैभर घट्दै गएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।

यस्लाई चिकित्सकले सुखद् संकेत मानेका छन् । तर हरेक वर्ष यही समयमा संक्रमण बढ्ने गरेकाले खुसी भइहाल्ने अवस्था भने बनिसकेको छैन । विभिन्न जिल्लामा डेंगु संक्रमण बढ्ने खतरा कायमै रहेको विज्ञको आँकलन छ ।

देशभरकै सबैभन्दा धेरै डेंगु संक्रमित काठमाडौं उपत्यकामा छन । उपत्यकाकामा डेंगु संक्रमण घट्न हम्मेहम्मे परिरहेको छ । उपत्यकामा संक्रमण कम हुन नसक्नुको कारण सरोकारवाला निकायले समयमै लार्भा नष्ट गर्न तदारुकता नदेखाउनु हो । अब पनि लार्भा नष्ट गर्न नथाले अन्य जिल्लामा पनि संक्रमण नियन्त्रण गर्न कठिन हुने विज्ञको चेतावनी छ ।

डेंगु संक्रमणका कारण ४५ जनाको मृत्यु भइसकेको छ । डेंगुको संक्रमणबाट ४५ जनाको मृत्यु भइसक्दा पनि ठोस कदम नचाल्नुलाई विज्ञले सरकारको नालायकी भनेका छन । सरकारले निर्वाचन तयारीको नाममा जनस्वास्थ्यका मुद्दालाई बेवास्था गरेको कतिपयको बुझाइ छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाईबाट हुने संक्रमण हो । डेंगु संक्रमणबाट बच्ने एक मात्रै उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।