
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ ।
संक्रमितको संख्या पनि भारतमा तीब्र गतिमा बढिरहेको छ। एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ ।
योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ जनामा संक्रमण पुष्टि भइसकेको छ भारतमा। आजै यसले १ लाख ५० हजारभन्दा माथिको रेकर्ड बनाउने निश्चित छ। मंगलवारमात्रै भारतमा ५ हजार ५ सय २ नयाँ संक्रमितहरु थपिएका छन्। भारतमा संक्रमण मुक्त हुनेको संख्या पनि धेरै नै छ। त्यहाँ ६४ हजार २ सय ३९ जना कोरोनामुक्त भएका छन्।
यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप १७७ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ ।
भारतको मुम्बई कोरोना भाइरसबाट सबैभन्दा खराब अवस्थामा रहेका संसारका प्रमुख शहरमध्ये एक बन्न पुगेको छ। मस्को, साव पाउलो र न्युयोर्कसँगै संक्रमितका कारण खराब अवस्थामा रहेको शहरमा मुम्बई पनि जोडिएको हो।
नेपालसँग जोडिएको भारतीय राज्य बिहारमा २ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।