७ बैशाख २०८१, शुक्रबार

भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ

arest

असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन । पर्सा बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो । श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ ।

साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित समाचार...