२ जेष्ठ २०८१, बुधबार

उम्मेदवारद्धारा आचारसंहिताको उलङ्घन गरेको आरोप

IMG20221010153301

आशन्न आम निर्वाचनका लागि हिजो आईतबार भएको मनोनयन दर्ताका क्रममा दल तथा उम्मेदवारहरुले आचारसंहिताको ठाडो उलङ्घन गरेकाले लेखक तथा अभियन्ता रामरिझन यादवले नियन्त्रण तथा नियमनको माँग गरेको छ ।

जिल्ला सदरमुकामस्थित पुस्तकालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले निर्वाचन आचारसंहिता विपरित दलहरुले बाजागाजा तथा झाँकी सहित उम्मेदवारी मनोनयमा गएको भन्दै आगामी दिनमा यसको नियमन र नियन्त्रण गनुपर्ने माँग गरेका हुन् ।

पत्रकार सम्मेलनम यादवले निर्वाचन आयोग एने २०७९ को परिच्छेद ४ को दफा १३ (१) (ण) अनुसार निर्वाचनमा उम्मेदवारहरुले मनोनयनपत्र पेश गर्न जाँदा प्रस्तावक समर्थक सहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनिएपनि बाजागाजा र झाँकी सहित उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको मटियामेट गरेको आरोप लगाएको छ ।

यादवले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिताको खुलम्मखुल्ला धज्जी उडाउँदापनि आयोगका पदाधिकारी, कर्मचार तथा प्रहरी प्रशान रमिते भएर बसेको आरोप लगाए ।

उनले भने, ‘निर्वाचन आचार संहिता त्यसै लगाएको होइन, दल तथा उम्मेदवारहरुले यसको पालना गर्नु पर्छ, त्यसको जिम्मेवार निकायको ध्यान जाओस् ।’ साथै यादवले अवका दिनदेखि कुनै गाउँमा आचार संहिता उल्लङ्घन नहोस भन्ने सरोकारबालालाई सुझाव दिए ।

सिरहा विकास मञ्चको आयोजनामा भएको पत्रकार सम्मेलन अघि मञ्चका पदाधिकारी सहितले जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सह–संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई अनुगमनलाई प्रभावकारी बनाउनमाँग गर्दैै ज्ञापनपत्र बुझाएका थिए ।

विगत लामो समयदेखि राजनितिमा होमिएका लेखक तथा अभियन्ता रामरिझन यादव मंसिर ४ मा हुने निर्वाचनमा सिरहा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको लागी स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

    सम्बन्धित समाचार...