१३ बैशाख २०८१, बिहीबार

मन्त्री भवानी खापुङका सल्लाहारको स्वतन्त्र उम्मेदवारी

1665399639960

आसन्न हुन मंसिर ४ गते हुने निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्धारी दिएका छन् ।

तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आईतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उमेरद्धारी दिएका हुन । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन उमेरद्धारी दिएका हुन् ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आईतबार नै राजिनामा गरी उमेरद्धारी दिएको कटुवालले बताए । उनी भन्छन् ’राजनिति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उमेरद्धारी दिएको हुँ । जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उमेरद्धारी हो । आशा छ मेरो स्वतन्त्र उमेद्धारीमा जनताले साथ दिनु हुने छ ।‘
 
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधी सभाका लागि १० र प्रदेसभाका लागी १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उमेरद्धारी दिएका छन् ।

२ नगरपालिका ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडाहरु रहेको छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३५ हजार १ सय ३९ महिला ३६ हजार ७ सय ९४ रहेका छन् ।