१३ बैशाख २०८१, बिहीबार

कसले कहाँ उम्मेद्‌वारी दिँदै छन् चितवनमा ?

310924656 798169644735176 7704214306168542177 n

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उमेदवारहरु जिल्ला आएका छन् । चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्‌वारी दिने भएका छन् । 

चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्‌वारी दिने भएका छन् । 

चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र कांग्रेसबाट कारबाही भाेगेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्‌वारी दिने भएका छन् ।

यस क्षेत्रमा राप्रपा र एमाले बीच सहमति नभएपछि छुट्टाछुट्टै रुपमा उम्मेद्‌वारी दिन लागेका छन् ।