१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पिसिआर रिपोर्ट नेगेटिभ

bhanubhakta dhakal

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको कोरोना परिक्षण रिपोर्ट नेगेटिस्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमतिको संसर्गमा पुगेपछि ६ दिनदेखि घरमै क्वारेन्टाइनमा बसेका ढकाललाई अहिलेसम्म कोरोना नलागेको पुष्टि भएको हो।

महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा एकजना कोरोना संक्रमितलाई भेटेपछि होम क्‍वारेन्टाइनमा रहेका ढकालको मंगलबार कोरोना परीक्षण गरिएको थियो। मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो।

पिसिआर विधिबाट गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ देखिए हो। मंगलबार बिहान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलिले मन्त्री ढकालको स्वाब लिएको थियो।

शुक्रबारज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकु स्रोतका अनुसार ढकालको परिक्षणका लागि मंगलबार बिहान स्वाव निकालिएको थियो। रिपोर्ट नेगेभिट आएसँगै उनी फेरि काममा सक्रिय भएका छन्।

काममा फर्किएसँगै उनले सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग मंगलबार भिडियो कन्फ्रेन्समार्फत कोरोना रोकथाम र नियन्त्रणमा भैरहेको कामबारे छलफल गरेका छन्।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार टेकुले मन्त्रीलाई रिपोर्ट बुझाएपछि उनी बिहीबारपछि मंगलबार चार बजेतिर मन्त्रालय पुगेका थिए।

उनी बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न उनी केही सांसदहरुसँग गएपछि क्वारेन्टाइनमा बसेका थिए।

नेपालमा अहिलेसम्म सात सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार मात्रै थप ९० जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।