११ बैशाख २०८१, मंगलवार

बन्दसूची सच्याउन १९ दलले दिए निवेदन

nirbachan aayog ele

मंसिर ४ गते हुने एकै चरणको चुनावका लागि एक सय ७ दिनको समय पाएको निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझ्नेदेखि मतपत्र छाप्ने काम थालिसकेको छ । अब ५० दिनमात्रै बाँकी रहँदा आयोगले अहिले के के काम गर्यो त ?

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउन दलहरुलाई समय दिइसकेको छ । १६ गतेभित्र दलहरुले अन्तिम सूची पेस गर्नैपर्नेछ ।

आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । आयोगले १० हजार ८ सय ९१ मतदान स्थलमा २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ ।

सम्बन्धित जिल्लालाई १५ प्रकारको सामाग्री किन्न दिइएको छ । अन्य सामग्री पनि धमाधम आउँदैछन् । प्रदेशसभा तर्फका समानुपातिकका लागि चाहिने दुई करोड एक लाख मतपत्र तयार भैसकेका छन् । प्रतिनिधिसभाको समानुपातिकातर्फको एक लाख ५० हजार मतपत्र छापिएको छ ।

निर्वाचन आयोगले आचारसंहिता लागु गरिसकेको छ । निर्वाचन अनुगमनका लागि ३४ राष्ट्रिय र दुई वटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ । मुख्य र निर्वाचन अधिकृत नियुक्ति भइसकेका छन् ।

मतदाता प्रभावित नहुन् भनेर निर्वाचन आयोगले भूमि आयोगलाई सुकुम्बासीलाई लालपुर्जा वितरणमा रोक लगाइसकेको छ । गण्डकी प्रदेशमा सांसद विकास कोष मार्फत दिइएको पैसा रोकेर स्पष्टीकरण नै माग्यो । तर निर्वाचन कार्यतालिका देखाएर प्रतिनिधि सभाको कार्यकाल नै तोक्ने प्रयास भएपछि निर्वाचन आयोग नै विवादमा मुछियो।