११ बैशाख २०८१, मंगलवार

सन्तोषजनक अवस्था नदेखिए सत्ता गठबन्धन त्याग्ने जसपाको चेतावनी

jasapa

सत्तारुढ गठबन्धनमा असन्तुष्ट बनेको एक घटक जनता समाजवादी पार्टी जसपाले अन्य दलसँग तालमेलको बाटो खुल्ला राखेको छ ।

काठमाडौंमा आज बसेको जसपाको कार्यकारिणी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको सीट बाँडफाँडमा गठबन्धनसँग असन्तुष्ट रहँदै अन्य दलसँग तालमेल गर्ने बाटो खुल्ला राखेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनले अन्य दलसँगको छलफल तीव्र पार्ने जानकारी दिनुभयो । अन्य दलबारे खुलाइएको छैन ।

यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको बताइएको छ ।