१६ चैत्र २०८०, शुक्रबार

छ वर्ष जेल सजाय म्यानमारकी मोडल नाङ म्वे सानलाई

c86f77c07680d9d4c2190e749fa9b7471664587576

म्यानमारको सैनिक अदालतले वयस्क साइट ओन्लीफ्यान्सलगायत अन्य प्लेटफर्महरूमा तस्बिरहरू पोस्ट गरेको अभियोगमा एक युवतीलाई ६ वर्षको जेल सजाय सुनाएको छ ।

एक मोडल र पूर्वडाक्टर नाङ म्वे सानलाई दुई साताअघि ‘संस्कृति र मर्यादालाई हानी पु¥याउने’ अभियोग लगाइएको सैन्य अधिकारीहरूले बताए ।

यसअघि सन् २०२१ मा कुद्वारा सत्ता कब्जा गर्ने सेनाविरुद्धको विरोध प्रदर्शनमा पनि उनले भाग लिएकी थिइन्। उनी अन्लीफ्यान्स सामग्रीका कारण जेलमा पर्ने म्यानमारमा पहिलो व्यक्ति हुन् ।

नाङ म्वे सानलाई देशको इलेक्ट्रोनिक्स कारोबार कानूनको धारा ३३ (ए) अन्तर्गत नग्न तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा शुल्क लिएर वितरण गरेकोमा दोषी ठहर गरिएको थियो । यस कानुनअन्तर्गत दोषि ठहर भएमा अधिकतम सात वर्षको सजाय हुन्छ ।

सामाजिक सञ्जालमा विरोध प्रदर्शनमा सहभागी भएको तस्विर पोष्ट गर्ने अर्की मोडललाई पनि यही कानूनअन्तर्गत अगस्टमा पक्राउ गरिएको थियो । थिन्जर विन्ट क्वामाथि अक्टोबरमा कानुनी सोधपुछ हुँदै छ ।