१५ चैत्र २०८०, बिहीबार

प्रभावकारी हुन सकेन लुम्बिनी प्रदेश सभाको पाँच वर्ष

lumbini

२०७४ माघ २१ मा लुम्बिनी प्रदेश सभामा सपथ लिादा प्रदेशसभा सदस्यहरूको संख्या ८७ जना थियो । तर प्रदेश सभाको ४ वर्ष ७ महिने कार्यकाल समाप्त हुादा भने ८० जनामा खुम्चिए ।

प्रदेश सभामा ज्येष्ठ सदस्यका रूपमा पहिलो बैठकको अध्यक्षता गरेका बलदेव शर्मा पोखरेलको निधन भयो भने अरु ६ जना राजनीतक कारणले बाहिरिए ।

०७४ माघ २१ गते पहिलो बैठक बसेको लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकालमा १ सय ९४ दिनमा २ सय ९ वटा बैठक बसे । सांसदहरूले २ सय ७५ घण्टा २० मिनेट प्रदेश सभामा बिताएका छन् ।

पहिलो कार्यकालमा प्रदेश सभामा प्रदेश सभामा ८४ वटा विधेयक दर्ता भए पनि ७२ वटा विधेयक पारित भए । तर संघीयताका मर्मअनुसार बनेका प्रहरी, संचार, खानी व्यवस्थापन तथा अन्वेषण, सुशाशन लगायत कतिपय ऐन बनेपनि व्यवहारमा गएका छैनन् ।

२०७७ असोज २० मा बहुमत सांसदहरूले प्रदेशको नामकरण लुम्बिनी र दाङको देउखुरी उपत्यकालाई राजधानी घोषणा गरेका थिए ।

राजधानी घोषणा गरे पनि दुई वर्ष पूरा हुादा कुनै संरचना तयार गरिएका छैनन् । यद्यपि अस्थायी संरचनामा मन्त्रालयहरु साने र नसार्नेबार्रे दलहरुबीच असहमती छ ।

प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशसभा सचिवालय र प्रदेश सभाका विभिन्न समितिका लागि गाडी खरिद गरिएको विषय विवादित बन्न पुग्यो । करिब ६० लाख रुपैयाा हिनामिना प्रकरणमा प्रदेशसभा सचिवालय र सभामुख पूर्णबहादुर घर्तीको भूमिका शंकास्पद भएपछि लेखा समितिले छानबिन गर्‍यो ।

सरकारलाई सुशासनमा हिडाउन, कामको अनुगम गर्ने र ऐन बनाउादा सहजीकरण गर्ने संसदीय समिति पनि करिव डेढ वर्ष सभापतिविहीन बने ।

संविधानतह प्रदेशसभा स्वतन्त्र छन् । तर, संघीय सरकारमा हुने राजनीतिक विवाद र परिघटनाले लुम्बिनी प्रदेश सभाको पहिलो कार्यकाल प्रभावित रह्यो ।