१३ बैशाख २०८१, बिहीबार

तत्काल ठूलो पानी पर्ने सम्भावना कम : मौसमविद्

mausam weather

मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतबार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो ।

आज प्रदेश १, मधेस र वागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

    सम्बन्धित समाचार...