१५ चैत्र २०८०, बिहीबार

मध्यरातमा गठबंधन समझदारीको खाका : कांग्रेस ८२, माओवादी ४७, एस र जसपा १७, जनमोर्चा २

gathabandhan

बुधबार मध्य रातमा पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँटको अन्तिम समझदारी भएको छ । बिहीबार यसलाई औपचारिक रूपमा घोषणा गरिनेछ ।

असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेका शुक्रबार र शनिबार सबै दल समानुपातिकको गृहकार्यमा लाग्नेछ ।

समानुपातिक सुचीलाई लिएर सबै दलमा विवाद छ । “बिहिवार प्रत्यक्ष तर्फको सिट बाँडफाँड सकेर २ दिन समानुपातिकमा अल्झिने देखिन्छ ।” गठबंधनका एक नेताले भने- “कुनै थप निर्णयको आवश्यकता परे १८ गते हामी फेरि बस्छौं ।”

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले १८ गतेसम्म गठबन्धनको कुरा सक्ने त्यसपछि दलहरू आ-आफ्ना आन्तरिक तयारीमा जउट्ने गठबंधनको तालिका रहेको छ ।

कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि मोटामोटी सम्झदारी भैसकेको स्वीकार गरे । “संघीयको करिब करिब सक्यो” उनले भने, “आज हामी प्रदेशसभामा प्रवेश गर्नेछौं” ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसका लागि ८२ ओटा क्षेत्र लिने समझदारी भएको छ ।

समाचार श्रोतका अनुसार कांग्रेस ८२ र राष्ट्रिय जनमोर्चालाई २ छुट्याएर बाँकी सिटमा माओवादी ४७, एकीकृत समाजवादी १७ र जनता समाजवादी (जसपा) १७ क्षेत्र लिने समझदारी भएको हो । गठबंधनमा नेता हेरि-हेरि सिट मिलाईएको छ ।

समझदारी भएका क्षेत्र :

कांग्रेस :
पाँचथर, इलाम–२, झापा–१, २, ३, संखुवासभा, मोरङ १, २, ३, ६, सुनसरी २, ३, र ४, ओखलढुंगा, उदयपुर–१, सप्तरी ४, सिरहा १, सिरहा २ र ३ मध्ये १, धनुषाका ४ मध्ये २, महोत्तरी २, सर्लाही ४, रौतहट ४, बारा १, सिन्धुली १, रसुवा, धादिङ २, काठमाडौं १, ३, ४, ५, ६, भक्तपुर–२, ललितपुर–१, २, काभ्रे २, सिन्धुपालञ्चोक २, मकवानपुर १, चितवन २, मनाङ, कास्की ३, स्याङ्जा १, तनहुँ–१, नवलपुर १, २, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी १, पाल्पा १, दाङ–३, अर्घाखाँची, रूपेन्देही ३, कपिलवस्तु २, बर्दिया १, नवलपुर १ र २, सुर्खेत १ र २, बाजुरा, अछाम–२, कैलाली–४ र ५, दार्चुला, डडेलधुरा, कञ्चनपुर २ र ३, काभ्रे, २, सिन्धुपालञ्चोक–२, गोरखा–२, बाँके ३, बर्दिया–१ नवलपरासी (बर्दघाट सुस्ता–१), नवलपरासी (बर्दघाट सुस्ता) २, मुगु र जुम्लामध्ये एक, हुम्ला, दैलेख १ र २ मध्येबाट एक, सर्लाहीका चारमध्ये दुई, पर्साको ४ मध्ये १, धनकुटा कांग्रेसले पाउने करिब सहमति छ ।

माओवादी :
झापा ४, ५, भोजपुर, सर्लाही ३, सिन्धुली २, नुवाकोट २, चितवन ३, कालीकोट, रुकुम पूर्व, दाङ–२, रुकुम पश्चिम, बागलुङ–२, कञ्चनपुर १, काभ्रे १, सिन्धुपालञ्चोक–१, गोरखा–१, बाँके १, बर्दिया–२, सिरहा–३ र ४ मध्ये १, महोत्तरी–१, रौतहट–३, मोरङ, ४ र ५ मध्ये १, जाजरकोट, हुम्ला र दैलेख १, २ मध्ये १, मुगु र जुम्लामध्ये १, बाँके १ र ३ मध्यबाट १ ।

नेकपा एस :
ताप्लेजुङ, इलाम–१, रौतहट १, काठमाडौं ८, कास्की २, गुल्मी २, रूपन्देही २, डोल्पा, बारा–१, पाल्पा–२, दाङ–१,

जसपा :
सप्तरी २, ३, महोत्तरी ३, बारा २, काठमाडौं ७, कपिलवस्तु ३, बाँके २, सिरहा ३ र ४ मध्ये १, धनुषा ४ बाट १, सर्लाही ४ क्षेत्रमा २, पर्साका ४ क्षेत्रमध्ये ३ वटा, सुनसरी–१,