१६ चैत्र २०८०, शुक्रबार

नुन-मसला किन्न दिनभर पैदल

Capture 7

संघीयता कार्यान्वयन भएको पाँच वर्ष बिते पनि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अधिकांश बासिन्दाले सेवा सुविधाको दृष्टिले संघीयताको अनुभूति गर्न पाएका छैनन् ।

गुम्बाथाङ, तेम्बाथाङ, तेगा, दिपु र निमडोल गाउँ अझै सडक सञ्जालमा जोडिएका छैनन् । सडक सुविधाको अभावमा यहाँका बासिन्दाले अत्यावश्यक नुन, मसला र कपडा लगायतका सामानका लागि दिनभर पैदल हिँड्नु पर्ने वाध्यता छ।

सुन्दा अचम्म लाग्छ । राजधानीबाट नजिकको जिल्ला सिन्धुपाल्चोकको जुगलका चार बस्तीमा अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । दशैं होस या अन्य कुनै पर्व – सानो भन्दा सानो सामान किन्न एक दिनको बाटो हिड्नु पर्छ ।

तेम्बाथान र दिपु तिब्बतको सीमानामा रहेकोे अन्तिम गाउा हो । लग्याप जंगलको बाटोे । नेसम खोलामा हालेको काठको फड्केलाई बाढीले ढाक्यो । नेसम खोला र भीरपहरा पार गरेर पुगिने दुर्गमको सुन्दर गाउाको पीडा अत्यासलाग्दो छ ।

सिन्धुपाल्चोकका कतिपय बस्तीको टोलटोल सडक बाटो पुगेको छ तर यी बस्तीको लागि सडक नारामै मात्रा सिमित रह्यो । यहाको जनताको भोटले नेताहरु मन्त्रीदेखि सभामुखसम्म बने तर दुर्गमका यी बस्तीका बासिन्दाका लागि सडकबाटो त पराको कुरा सडकको नक्सा समेत कसैले कोर्न सकेनन् ।

कतिले सामान बोकेरै व्यवसाय समेत चलाएका छन् । यसरी बोकेर लगेको सामान किन्नु पर्दा सामान्यभन्दा तीनगुणा बढी पैसा तिर्नुपर्छ । आफुहरुलाई कष्ट भएपनि बालबच्चाको लागि दशैं खिन्न नहोस भनेरै महंगोमा सामान खरिद गर्ने गरेका छन् ।