१६ चैत्र २०८०, शुक्रबार

‘साकुरा नाइट’ ११ देशमा

sakura night sandeep

सूर्य कर्पोरेसनले अस्ट्रेलियाको विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने जनाएको छ । आयोजक संस्था कर्पोरेशन र ग्लोबल मिडियाले बुधबार कार्यक्रमबारे जानकारी दिएको हो । 

यसअघि नेपाल र जापानमा चारपटकसम्म साकुरा नाइट भइसकेको छ । सिजन ५ यसपटक ११ देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले बताए ।

अस्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुँदैछ । क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका सहरमा कम्तीमा सात शोको तयारी भइरहेको अस्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाइज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए ।

अस्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थाहरुमा डी ब्वाइजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली इन्टरटेन्मेन्ट र प्रोडक्सन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले सम्पूर्ण व्यवस्थापनको तयारी गरेको छ । १३ देखि २१ डिसेम्बरसम्म कार्यक्रमको तयारी गरेको साकुरा नाइट सिजन ५ को अस्ट्रेलिया टुर हुने आयोजकले बताइएको छ ।

अस्ट्रेलियापछि जापान, दुबई, कोरिया, न्युजिल्यान्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाइट सिजन ५ म्युजिकल टुर निरन्तर सूर्य कर्पोरेसनले सुरु गर्नेछ । 

यसअघि डायस्पोरामा हुने सबैभन्दा प्रतिष्ठित र पपुलर नेपाली फिल्म अवार्डको रुपमा सूर्य इन्टरनेसनल अवार्ड सूर्य कर्पोरेसनले सफल आयोजना गरिसकेको कार्यक्रमका संयोजक समीर बलामीले बताए । 

साकुरा नाइट सिजन ५ का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकार रहने आयोजक संस्था कर्पोरेसनले जनाएको छ । 

    सम्बन्धित समाचार...