१६ चैत्र २०८०, शुक्रबार

जनता र मतदाताबीच पुगेर दशैं मनाउन कांग्रेसको निर्देशन

congress

नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिनुभयो ।

‘आ–आफ्नो गृह जिल्ला पुगी बडादशैं हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ ।

पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उहाँले बताउनुभयो ।