१४ बैशाख २०८१, शुक्रबार

राजकीय सम्मानका साथ जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिने

shinzo abe funeral

जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिने भएको छ ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहनुभएका शिञ्जोको राजकीय सम्मानका साथ गरिने अन्त्येष्ठिको तयारी पूरा भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार झन्डै ३ महिनापछि हुने अन्त्येष्टि कार्यक्रमलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

अन्त्येष्टिमा विश्वका एक सयभन्दा बढी मुलुकका राष्ट्रप्रमुख पनि सहभागी हुने बताइएको छ । शिञ्जोको जापानस्थित दक्षिणी सहर नारामा चुनावी अभियानको क्रममा एक बन्दुकधारीले जुलाई ८ मा गोली हानी हत्या गरेको थियो ।

सन् २००६ मा उहाँ पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । आबेलाई जापानको सबैभन्दा कम उमेरको प्रधानमन्त्री भनेर पनि चिनिन्थ्यो ।