११ बैशाख २०८१, मंगलवार

चोरी आरोपमा वडासदस्य पक्राउ

kharjung

कास्की प्रहरीले चोरी गरेको आरोपमा एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका वडा नम्बर १ का खरजंग गुरुङ रहेका छन् ।

उनी वडा सदस्यसमेत हुन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

कास्कीका पूर्वी ३ गाविसका जनताका घरमा खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो । ४० वर्षअघि पञ्चायत कालमै थालिएको त्यो आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भइसकेको छ ।

तर जनताका घरमा पानी पुग्न नसकेको अवस्थामा मादी गाउँपालिका वडा नम्बर १ का वडासदस्य खरजंग गुरुङ पाइप चोरी गर्दै गर्दा रंगेहात पक्राउ परेका हुन् ।

गुरुङ वाइसिएल मादी गाउँपालिका उपाध्यक्ष हुन् । माओवादी कार्यकता भएपनि उनले निर्वाचनको बेला कांग्रेसको रुख चिन्ह लिएर निर्वाचन भएका थिए ।

उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते राति १२ बजे पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

सरकारी लगानीको थाक खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

चोरी भएको पाइप करिब १४ लाख आसपासको भएको खुलेको छ । यसअघि उक्त ठाउँबाट ४÷५ ट्याक्टर चोरी भएको खुलेको छ ।

    सम्बन्धित समाचार...