११ बैशाख २०८१, मंगलवार

छ्याप्छ्याप्ती नेपाली बजारमा अवैधरुपमा आयात गरिएका भारतीय माछा

fish

सरकारले भारतबाट माछा आयात गर्दा एसली अनिवार्य गरेपछि भारतीय माछा नेपाल आएको छैन । सरकारी तथ्यांकमा आयात शून्य रहेपनि बजारमा भने भारतीय माछा छ्याप्छ्याप्ती देख्न सकिन्छ ।

भारतबाट माछा आयात गर्दा स्वास्थ्य प्रमाणपत्र बनाएर मात्र नेपाल ल्याउन पाइने प्रावधान छ । नाकाहरुमा पशु क्वारेण्टाइनका चेक पोष्टहरुले माछा स्वस्थकर भएको प्रमाणपत्र जारी गर्ने गरेका छन् ।

पशु क्वारेण्टाइन कार्यालय भैरहवाका अनुसार गएको सात महिना यता पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुका चेक पोष्टबाट स्वास्थ्य प्रमाणपत्र जारी भएको छैन । तर, बजारमा भने भारतीय माछा बिक्री भैरहेको देख्न सकिन्छ ।

सरकारले माछा आयात गर्दा एसली अनिवार्य गरेपछि व्यापारीहरुले आयात गरेका छैनन् । विधिपूर्वक माछा आयात गर्न नसकेपछि व्यापारीहरुले चोरबाटो भएर माछा ल्याइरहेका छन् ।

हुन त सीमा सुरक्षाको पहिलो बारका रुपमा सशस्त्र प्रहरीले सिमामा हुने अवैध कृयाकलापको निगरानी गरिरहेको हुन्छ । अन्य सुरक्षा फौजपनि ठाउाठाउामा तैनाथ छन् । तर, सुरक्षा निकायको रेखाबार तोडेर सहजै माछा आयात भैरहेको छ ।

चोरी तस्करीको बाटो भएर सस्तोमा माछा आएपछि स्थानीय उत्पादनले बजार नपाएको किसानको गुनासो छ । अवैध माछा बजारमा बिक्री भैरहदा समेत नियामक निकायको मौनताले एकातिर बजारमा अवैध भारतीय माछाको विक्रीवितरण भइरहेको छ भने अर्को तर्फ अस्वस्थकर माछाले जनस्वास्थ्यमा समेत गंभीर असर पुर्‍याएको छ ।

    सम्बन्धित समाचार...