१२ बैशाख २०८१, बुधबार

हालसम्मकै उच्च डलरको भाउ, किन कमजोर भयो नेपाली रुपैयाँ ?

dollar

नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।

 राष्ट्र बैङ्कले आज अमेरिकी डलर एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ८९ पैसा तिर्नुपर्नेछ । 

पछिल्लो समय रुस ,युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ। डलरको भाउ बढ्नुले नेपाल र भारतको बजारमासमेत यसको असर देखिएको छ । 

डलरको भाउभन्दा महङ्गो हुने युरोपियन युरोको भाउ आज खरिदमा १२६ रुपैयाँ २० पैसा र बिक्रीमा १२६ रुपैयाँ ७९ पैसा रहेको छ । 

त्यस्तै, आइतबार डलरभन्दा महङ्गो मुद्राहरूमा युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क र दिनार रहेका छन् । युके पाउन्ड स्टेर्लिङ एकको खरिदमा १४३ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३१ पैसा, स्वीस फ्र्याङ्क खरिदमा १३१ रुपैयाँ ८७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४९ पैसा रहेको छ । 

त्यस्तै, कुवेती दिनार एकको खरिदमूल्य ४१७ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य ४१९ रुपैयाँ १२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४४ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

किन कमजोर भयो नेपाली रुपैयाँ ?

नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर भएको होइन । नेपालले भारतीय मु्रदासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण त्यसको असर नेपाली रुपैयाँमा परेको हो । यसको अर्थ अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।

भारतीय मुद्रा कमजोर वा बलियो हुँदा त्यसको असर अमेरिकी डलरसँगको विनिमय दरमा देखिन्छ। भारतीय मुद्रा कमजोर भएको अवस्थामा डलरको मूल्य बढ्न जान्छ। भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ र कमजोर भए कमजोर हुन्छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको बताइन्छ । अन्य मुद्राको विनिमय दर भने अमेरिकी डलरसँगको विनिमय दरमा आधारित भएर निर्धारित गरिन्छ।

    सम्बन्धित समाचार...