१५ चैत्र २०८०, बिहीबार

‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि म मख्ख परेँ’

307879120 3559731077592130 2504687739465003101 n

पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्यले अभिनेत्री मनिषा कोइरालाले आफूलाई उनको फोटो खिच्न दिने स्वीकृति दिएपछि खुशी भएको अनुभब सुनाएका छन् । 

पहिलापहिला सेलिब्रेटिको फोटो खिच्न पनि अनुमति लिनुपर्ने अनुभव सुनाउँदै मनिषाका पिता प्रकाशमार्फत् आफूले मनिषाको फोटो खिच्न अनुमति पाएको स्मरण गरे । 

भक्तपुरेन्स इन फोटोग्राफी नामक सामाजिक सञ्जालको समूहले शनिबार आयोजना गरेको अनुभब आदानप्रदान कार्यक्रममा मीनले आफूले पहिलो पटक सन् १९८७ मा तत्कालिन द कमनर पत्रिकाबाट फोटो पत्रकारिताको यात्रा थालेको बताए ।  २०४६ सालको जनआन्दोलनको फोटोबाट चर्चित बनेको उनले बताए । 

उनले आफूले एउटा फोटोको मूल्य पनि सयौं डलरसम्म पनि पाएको अनुभब सुनाए । पहिला पहिलो फोटो खिचेर स्टोरी बन्ने गरेको धेरै अनुभब पनि उनले सुनाए ।  

भक्तपुरमा एकजना पुराना र एकजना नयाँ गरी दुई जना फोटो पत्रकारहरुको आआफनो फोटो पत्रकारिताको यात्रा अनुभब शेयरिंग कार्यक्रममा पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्य र नयाँ युवा जोशका फोटो पत्रकार अमित मचामसी गरी दुईजनाले आआफनो फोटो पत्रकारिताको यात्राबारे अनुभब आदानप्रदान गरेका थिए । 

फोटो पत्रकारितामा सक्रिय नयाँ फोटो पत्रकार अमितले फोटो पत्रकारिता महँगो पेशा भएको बताउँछन् । एउटै क्यामेराको लाखौं खर्च लाग्ने भई यो पेशा महँगो पेशा महँगो हुने गरेको उनको भनाइ थियो ।

आयोजक भक्तपुरेन्स इन फोटोग्राफीका सुदीप सुवालले नयाँ र पुराना फोटो पत्रकारलाई एकै ठाउँमा राखेर विगतदेखि वर्तमानसम्मको फोटोग्राफीको अवस्थाबारे छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाए ।